
iPhone 15 Pro
Unbeatable savings & flexibility with your iPhone 15 Pro via Unbeatable 5G U Postpaid plans. Enjoy 0% instalment with U PayLater. Sign up today!
U25 र U35 तपाईंको मोबाइल फोनमा डाटा तथा कलहरूका लागि प्रिपेड सब्सक्रिप्सन सेवाहरू हुन् । U25 र U35 30 दिनका लागू मान्य हुन्छन् र यो बन्डलको मजा लिनका निम्ति तपाईंको प्रिपेड लाइन अनिवार्य रूपमा एक्टिभ (सक्रिय) रहेको हुनैपर्छ ।
|
U25 |
U35 |
---|---|---|
डाटा |
अनलिमिटेड (FUP 30GB) |
अनलिमिटेड (FUP 100GB) |
कलहरू |
अनलिमिटेड (सबै नेटवर्कहरूमा) |
अनलिमिटेड (सबै नेटवर्कहरूमा) |
स्पिड |
3Mbps |
6Mbps |
Speed Booster |
30 घण्टा/महिना |
30 घण्टा/महिना |
हटस्पट |
|
3GB |
हुँदैनन् । सम्पूर्ण अनलिमिटेड कलहरू आन्तरिक प्रयोगका लागि मात्र उपलब्ध हुन्छन् । स्ट्यान्डर्ड IDD दर र रोमिङ शुल्कहरू लागू हुन्छन् ।
हाम्रो Speed Booster ले तपाईंलाई दिनमा 1 घण्टा वा महिनामा 30 घण्टाका लागि अधिकतम स्पिड अनुभव गर्ने मौका दिन्छ । तपाईंले MyUMobile एपबाट 1 घण्टाको Speed Booster रिडिम गर्न सक्नुहुन्छ । एकपटक रिडिम गरिसकेपश्चात् उक्त समयमा 5G वा 4G LTE सेलुलर नेटवर्क मध्ये उपलब्ध रहेको बलियो नेटवर्कको आधारमा तपाईंको स्पिड बढ्नेछ । कृपया यो कुरा ध्यानमा राख्नुहोस् कि तपाईंले प्रत्येक दिनमा एकपटक मात्र रिडिम गर्न सक्नुहुन्छ । उदाहरणका लागि:
1 घण्टाको Speed Booster अवधिमा तपाईंको प्रयोग उचित उपयोग नीति (FUP) कोटा अन्तर्गत रहन्छ ।
तपाईंलाई तब पनि 1 घण्टाको Speed Booster रिडिम गर्न दिइनेछ तर तपाईंको स्पिड 512kbps रहिरहनेछ । FUP मा पुगेपछि सीमारहित पूर्ण स्पिड प्राप्त गर्नका लागि तपाईंले हाम्रो Turbo Booster (RM5 /24 घण्टा) खरिद गर्न वा U25 र U35 पुन: खरिद गर्न सक्नुहुन्छ ।
नयाँ 5G प्रिपेड प्याकका सबै सब्सक्राइबरहरूले यी डाटा प्लानहरूलाई सब्सक्राइब गर्न सक्नेछन् । Unlimited Funz, Power Prepaid, U Mobile Broadband सेवा जस्ता सबै पुराना दर रहेका योजनाका सब्सक्राइबरहरू U25 र U35 का लाभहरू प्राप्त गर्न योग्य हुँदैनन् ।
U25 र U35 प्लानहरू स्मार्टफोन र ट्याब्लेटको प्रयोगका लागि मात्र तयार गरिएका छन् ।
अनलिमिटेड डाटा तपाईंको स्मार्टफोनमा व्यक्तिगत प्रयोगका लागि हो । यद्यपि, तपाईंले U35 का साथ 3GB नि:शुल्क मोबाइल हटस्पट डाटा पनि प्राप्त गर्नुहुन्छ जसलाई तपाईंले अन्य डिभाइसहरूमा सेयर गर्न प्रयोग गर्न सक्नुहुन्छ । मोबाइल हटस्पटबाट प्रयोग हुने सबै डाटा यो छुट्टाइएको कोटाबाट घट्नेछ ।
तपाईंले UMB (*118#) वा MyUMobile एपमार्फत RM3 मा 3 दिनका लागि मान्य हुने 3GB हटस्पट कोटा भएको हाम्रो Hotspot Booster खरिद गर्न सक्नुहुन्छ । तपाईंले U35 मा पनि अपग्रेड गर्न सक्नुहुन्छ जुन 3GB हटस्पट डाटाका साथ आउँछ ।
तपाईंले 64kbps को घटाइएको स्पिडमा आफ्नो मोबाइल हटस्पटको प्रयोगलाई निरन्तरता दिन सक्नुहुन्छ ।
U25 र U35 का लागि डाटा कोटामा कुनै पनि सीमा छैन । हाम्रो उचित उपयोग नीति अनुसार सीमामा पुगिसकेपछि पनि तपाईं कनेक्ट भइरहनुहुनेछ ।
U25 र U35 उचित उपयोग नीतिका साथ आउँछन् । FUP सीमाहरूमा पुगिसकेपछि प्रयोगकर्ताहरूलाई पासको म्याद समाप्त नहुँदासम्म उहाँहरूले 512kbps को घटाइएको स्पिडमा सर्फ गर्नुहुनेछ (इन्टरनेट चलाउनुहुनेछ) भनेर जानकारी गराइनेछ । U25 का लागि FUP 30GB हुन्छ भने U35 का लागि यो 100GB हुन्छ । घटाइएको स्पिडमा सर्फिङका लागि कुनै कोटा सीमा छैन । घटाइएको स्पिडमा पनि स्ट्यान्डर्ड डिफिनेसनमा भिडियो स्ट्रिमिङ, सोसल मिडिया एप, म्युजिक एप, इन्टरनेट ब्राउजिङ राम्रैसँग हुनेभएकोले प्रयोगकर्ताको अनुभव राम्रो नै रहन्छ ।
तपाईंले निम्न माध्यमहरूद्वारा U25 वा U35 एक्टिभेट सक्नुहुन्छ:
1. MyUMobile एप
चरण 1 - MyUMobile एप खोल्नुहोस्
चरण 2 - Add-Ons छनौट गर्नुहोस्
चरण 3 - U25 वा U35 छनौट गर्नुहोस्
2. UMB
चरण 1 - *118*10# डायल गर्नुहोस्
चरण 2 - आफ्नो सब्सक्रिप्सन कन्फर्म गर्नुहोस्
U25 र U35 लाई सफलतापूर्वक एक्टिभेट गर्नका लागि तपाईंसँग क्रमश: RM20 र RM35 को ब्यालेन्स छ भनेर सुनिश्चित गर्नुहोस् ।
U25 र U35 30 दिनका लागि मान्य हुन्छन् । तपाईंको प्रिपेड एकाउन्टमा पर्याप्त ब्यालेन्स हुँदासम्म तपाईंको सब्सक्रिप्सन 30 दिनपछि स्वत: नवीकरण हुनेछ । उदाहरणका लागि, यदि तपाईंले 12 नोभेम्बरमा बेलुका 8:35 बजे U25 लाई सब्सक्राइब गर्नुभएको छ भने तपाईंको सब्सक्रिप्सन डिसेम्बर 11 मा बेलुका 8.53 बजे नवीकरण हुनेछ ।
तपाईंले आफ्नो स्वत: नवीकरण हुने मितिभन्दा दुई दिन र एक दिन पहिले याद दिलाउने सूचना (SMS) प्राप्त गर्नुहुनेछ ।
हो । तपाईंले तपाईंको सब्सक्रिप्सनको अवस्थाका बारेमा SMS नोटिफिकेसन प्राप्त गर्नुहुनेछ ।
यदि तपाईंको सब्सक्रिप्सन स्वत: नवीकरण हुन असफल भयो भने यो तपाईंको एकाउन्टमा पर्याप्त ब्यालेन्स नभएर वा तपाईंको एकाउन्ट निष्क्रिय अवधिमा रहेकोले हुन सक्छ । सिस्टमले अर्को दिन सब्सक्रिप्सन फेरि नवीकरण गर्ने प्रयास गर्नेछ ।
तपाईंले *118*1*5# डायल गरेर UMB मार्फत स्वत: नवीकरण हुने यस सेवालाई बन्द गर्न सक्नुहुनेछ ।
सक्नुहुन्न, तपाईंले निष्क्रिय अवधिको बेला U25 वा U35 सब्सक्राइब गर्न वा स्वत: नवीकरण गर्न सक्नुहुने छैन ।
प्रयोग नभएको सबै हटस्पट कोटा ब्यालेन्स हट्नेछ र त्यो नयाँ सब्सक्रिप्सनमा थपिने छैन ।
तपाईं U25 वा U35 बाट स्वत: अनसब्सक्राइब हुनुहुनेछ र प्रयोग नभएको सबै हटस्पट कोटा ब्यालेन्स फिर्ता लिइनेछ ।
छैन, तपाईंले U25 वा U35 एक्टिभेट गर्न सक्ने पटकको सङ्ख्यामा कुनै सीमा छैन ।
हो, U25 र U35 हरेक दिन 1 घण्टाको Speed Booster का साथ आउँछन् । यसको विकल्पमा, तपाईंले मात्र RM5 मा 24 घण्टासम्मको वैधता अवधि हुने Turbo Booster सब्सक्राइब गर्न सक्नुहुन्छ ।
सक्नुहुन्न । तपाईंले नयाँ बुस्टर सब्सक्राइब गर्नुभन्दा पहिले तपाईंले आफ्नो हाल प्रयोग गरिरहेको Booster को कोटा वा वैधता अवधि समाप्त नहुँदासम्म कुर्नुपर्ने हुन्छ । यसको अर्थ तपाईंले एकै समय एकभन्दा बढी Hotspot Booster वा एकभन्दा बढी Turbo Booster सब्सक्राइब गर्न सक्नुहुन्न ।
यद्यपि, तपाईंले एकै समयमा एउटा Hotspot Booster र एउटा Turbo Booster सब्सक्राइब गर्न सक्नुहुन्छ । तपाईंले दुईवटै Boosters सब्सक्राइब गरिसकेपछि तपाईंको हटस्पटको खपत Hotspot Booster को प्याकेजबाट हुनेछ र तपाईंले आफ्नो अनलिमिटेड डाटा कोटाको मजा स्पिड सीमाबिना लिन सक्नुहुन्छ ।
तपाईंको Boosters को बाँकी रहेको कोटा तथा वैधता अवधि हट्नेछ र प्रयोग नगरिएको कोटा तथा वैधता फिर्ता गरिने छैन ।
तपाईंले बुस्टरहरूलाई निम्न माध्यमहरूद्वारा सब्सक्राइब गर्न सक्नुहुन्छ:
सक्नुहुन्छ, तपाईंले अझैपनि Hotspot र Turbo Booster सहित स्ट्यान्डर्ड Booster सब्सक्राइब गर्न सक्नुहुन्छ । यद्यपि, कृपया याद राख्नुहोस् कि सबै 3 वटा बुस्टरहरूका लागि वैधता अवधि तपाईंले सफलतापूर्वक तिनीहरूलाई सब्सक्राइब गरिएको समयबाट सुरु हुनेछ । तपाईंको प्लान पहिल्यै अनलिमिटेड डाटासहित आउने भएकोले हामी तपाईंलाई सधैं स्ट्यान्डर्ड Booster को सट्टामा Turbo Booster सब्सक्राइब गर्न सल्लाह दिन्छौं ।
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}