
iPhone 15 Pro
Unbeatable savings & flexibility with your iPhone 15 Pro via Unbeatable 5G U Postpaid plans. Enjoy 0% instalment with U PayLater. Sign up today!
1. डाटा सेवा (”सेवा”) हाम्रो दर्ता फारामको सेवाका सर्तहरूका अनुसार आपूर्ति गरिन्छ। तपाईंले हाम्रो निष्पक्ष प्रयोगको नीति र यसका सर्तहरू र अवस्थाहरू सहित सबै सेवाका सर्तहरू (सामुहिक रूपमा “सर्तहरू”) को पालना गर्नुपर्छ।
2. तपाईंले यो सेवामा कुनै पनि एक समयमा एउटा डाटा योजनाको मात्र सदस्यता लिन सक्नुहुन्छ।
3. यो एक डाटा सेवा हो जसले हाम्रो 3G/4G नेटवर्क मार्फत मात्र इन्टरनेट र यससँग सम्बन्धित सेवाहरूमा पहुँच उपलब्ध गराउँछ र 35/4G नेटवर्क कभरेज क्षेत्रमा भएका ग्राहकहरूलाई मात्र उपलब्ध छ। यो सेवा नेटवर्कका सीमाहरू, उपलब्धता र यन्त्रको क्षमतामा आधारित छ। तपाईंले सेवालाई हाम्रो 3G/4G नेटवर्क कभरेज क्षेत्रमा इन्टरनेट जडान गर्नको लागि प्रयोग गर्न सक्नुहुन्न। कभरेजको थप जानकारीको लागि www.u.com.my मा जानुहोस्।
4. तपाईंको मूल्य निर्धारण योजना अनुसार तपाईंको डाउनलोडको स्पिड र डाटा क्षमता भिन्न हुन सक्नेछ र हाम्रो मोबाइल टावरबाट तपाईंको दुरी, हाम्रो मोबाइल टावरको क्षमता, तपाईंको डाउनलोडको स्रोत, तपाईंको ह्याण्डसेटको प्रकार र गुणस्तर, तपाईंको हार्डवेयर तथा सफ्टवेयर र साधारण इन्टरनेट ट्राफिकका आधारमा सुस्त र प्रभावित हुन सक्नेछ तर सीमित हुनेछैन।
5. तपाईंले सेवा आफ्नो व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईंलाई हाम्रो 3G/4G नेटवर्कमा प्रयोग गर्न स्वीकृत गरिएको 3G/4G मोडेमको आवश्यक पर्नेछ। तपाईंले सेवा आफ्नो ह्याण्डसेट वा मोबाइल यन्त्रमा प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईंलाई 3G/4G मा कन्फिगर गरिएको अनुकूल ह्याण्डसेट वा मोबाइल यन्त्र आवश्यक पर्छ।
6. तपाईंको डाटा योजनालाई सक्रिय गरिपछि, यो तपाईंको डाटा छुट वा डाटा प्रयोग गरिएको मध्ये जुन पहिले आउँछ त्यो अवधिसम्म जारी रहनेछ। तपाईंले आफ्नो डाटा योजनालाई खारेज गर्न सक्नुहुन्न। तपाईंको डाटा योजनाको म्याद समाप्ति सक्रिय गरिएको समयका आधारमा मापन गरिन्छ।
7.. डाटा योजनाको म्याद समाप्त हुन्छ भने, कुनै पनि प्रयोग नगरिएको डाटा छुटलाई प्रयोगको लागि रोल ओभर गरिनेछैन र जफत गरिनेछ। तपाईंले आफ्नो योजना परिवर्तन गर्नुभएन भने यसको समाप्तिमा (सदस्यता लिनेले स्वत: नवीकरण नगर्न लागू गरेमा) कुनै पनि निरन्तरको डाटा प्रयोगलाई RM0.20/MB (निश्चित सत्रका प्रत्येक 1MB ब्लक वा पठाइएका वा प्राप्त गरिएका कुनै पनि ब्लकका भागमा) का दरले शुल्क लगाइनेछ। तपाईंले आफ्नो डाटा योजना परिवर्तन गर्नुभयो भने, तपाईंलाई उक्त योजनामा लाग्ने डाटा शुल्कहरू लाग्नेछन्।
8. तपाईंको मूल्य निर्धारण योजना असीमित डाटाको लागि हो भने, तपाईं अझैपनि हाम्रो निष्पक्ष प्रयोगको नीतिमा बाँधिनुहुनेछ र तपाईंको प्रति महिनाको कूल डाउनलोड र अपलोडको प्रयोगले निर्धारित गरिएको उच्च गतिको डाटा भोल्युम वा हाम्रो निष्पक्ष प्रयोगको नीतिमा उल्लेख गरिएको अन्य कुनै रकम नाघ्दछ भने, हामीले हाम्रो निरपेक्ष विवेकमा कुनै सीमा, तपाईंको गतिलाई घटाउने जस्ता कार्य नगरी तपाईंको ब्यान्डविथ व्यवस्थित गर्ने, निलम्बन वा खारेज गर्ने गर्न सक्नेछौं।
9 डाटा प्रयोगलाई KB वृद्धिमा गणना गरिन्छ। गैर-डाटा प्रयोग (भ्वाइस, SMS/MMS, भिडियो कल र सामग्री सदस्यता सेवाहरू लगायत रोमिङ र अन्तर्राष्ट्रिय कल सेवाहरू)मा हाम्रा मानक दरहरूका आधारमा शुल्क लगाइनेछ र तपाईंको मूल्य निर्धारण योजनामा समावेश गरिँदैन।
10. तपाईंको हालको डाटा योजनाको म्याद समाप्त हुँदा वा आफ्नो डेटा छुट प्रयोग भएर सकिँदा तपाईंले आफ्नो डाटा योजना परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंले हाम्रो नयाँ डाटा योजनाको सर्त तथा अवस्थाहरूलाई स्वीकार्नुपर्छ।
11. आफ्नो डाटा प्रयोगको निगरानी गर्न तपाईं आफै जिम्मेवार हुनुहुन्छ। तपाईंको डाटा छुटको ब्यालेन्स हेर्न हामीले उपलब्ध गराउने कुनै पनि उपयोग मिटर तपाईंलाई सुविधाजनक हुनेगरी उपलब्ध गराइन्छ। उपयोग मिटरमा देखाइएको उपयोग संकेत मात्र हो र वास्तविक रकम होइन।
12. सेवामा जडान हुन हामीले निर्देशित गरेअनुसार तपाईंले प्रणाली आवश्यकताहरू पूरा गरेको हुनुपर्नेछ। तपाईंको सेवाको प्रयोग तपाईंले प्रयोग गर्ने हार्डवेयर र सफ्टवेयरमा आधारित हुनेछ। तपाईंखो हार्डवेयर वा सफ्टवेयरमा हाम्रो USIM वा सेवा अनुकूल हुनेछ भनी हामीले कुनै प्रतिनिधित्व वा वारेण्टी दिनेछैनौं।
13. खाताधनी हुन तपाईं 18 वर्ष वा सोभन्दा बढी उमेरको हुनुपर्छ। यो सेवा मार्फत प्राप्त गर्न सकिने कुनै पनि इन्टरनेटका सामग्रीमा हामी जिम्मेवार हुनेछैनौं। यो सेवामा तपाईंले प्रयोग गर्नुभएको सफ्टवेयर उचित रूपमा इजाजतप्राप्त छ भनी तपाईं सुनिश्चित हुनुपर्छ। तपाईंले सेवालाई तेस्रो पक्षलाई बिक्री गर्ने, साझा गर्ने वा अन्यथा वितरण गर्ने गर्नुहुँदैन।
14. तपाईंले यो सम्झौताको पालना गर्नुभएको छ भनी सुनिश्चित गर्न हामीले तपाईंको खाता निरीक्षण गर्न सक्नेछौं। हामीले सेवाको गलत प्रयोगको अनुसन्धान गर्नेछौं। तपाईंले सेवाको गलत प्रयोग गर्नुभएको हामीले फेला पार्यौं भने हामीले तपाईंबाट गलत प्रयोगको अनुसन्धान गर्दाको लागत र तपाईंको गलत प्रयोगको कारणले हामीले अन्य प्रयोगकर्तालाई भुक्तान गर्न आवश्यक हुने क्षतिपूर्तिको रकम तपाईंबाट असूल गर्न सक्नेछौं।
15. हामीले शुल्कहरू सहित सर्तहरू परिमार्जन गर्ने वा अन्यथा परिवर्तन गर्ने अधिकार आफूमा सुरक्षित राख्दछौं।
16. व्यक्त रूपमा उल्लेख नगरिँदासम्म यो अफरलाई अन्य कुनै अफरहरूसँग संयुक्त गर्न सकिँदैन।
17. यो अफर हामीले फिर्ता नलिँदासम्म उपलब्ध हुन्छ।
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}