
iPhone 15 Pro
Unbeatable savings & flexibility with your iPhone 15 Pro via Unbeatable 5G U Postpaid plans. Enjoy 0% instalment with U PayLater. Sign up today!
1. यो डाटा सर्भिस ("सर्भिस") हाम्रो दर्ता फाराममा रहेको सेवाका शर्तहरू अनुसार आपूर्ति हुन्छ । तपाईंले ती नियम तथा शर्तहरू लगायत हाम्रो उचित उपयोग नीति र यी नियम तथा शर्तहरू (सामूहिक रुपमा "शर्तहरू" भनिने) लाई अनिवार्य पालना गर्नुपर्छ ।
2. तपाईंले एक समयमा एउटा डाटा प्लान लिएर मात्र तपाईंले यो सर्भिस सब्सक्राइब गर्न सक्नुहुन्छ ।
3. यो सर्भिस डाटा सर्भिस हो जसले हाम्रो 3G/4G नेटवर्क मार्फत मात्रै इन्टरनेट तथा सम्बन्धित सेवाहरूसम्म पहुँच उपलब्ध गराउँछ र यो हाम्रो 3G/4G नेटवर्क कभरेज क्षेत्रमा रहेका ग्राहकहरूका लागि मात्रै उपलब्ध छ । सर्भिस नेटवर्कको सीमितता तथा उपलब्धता र डिभाइसको क्षमतामा भर पर्छ । तपाईंले हाम्रो 3G/4G कभरेज क्षेत्रभन्दा बाहिर इन्टरनेट जोड्न यो सर्भिसको प्रयोग गर्न सक्नुहुन्न । कभरेजबारे थप जानकारीका लागि www.u.com.my मा जानुहोस् ।
4. तपाईंको वास्तविक डाउनलोड स्पिड तथा डाटा क्षमता कुन मूल्यको डाटा प्लान हो त्यो अनुसार फरक पर्छ र सुस्त हुन सक्छ र तिनीहरूलाई यी अवस्थाहरूले असर गर्न सक्छन् र तिनीहरू यतिमा मात्र सिमित छैनन: हाम्रो मोबाइल टावरदेखि तपाईंसम्मको दुरी, हाम्रो मोबाइल टावरको क्षमता, तपाईंको डाउनलोडको स्रोत, तपाईंको ह्याण्डसेटको प्रकार तथा गुणस्तर, तपाईंको हार्डवेयर तथा सफ्टवेयर र सामान्य इन्टरनेट ट्राफिक ।
5. यदि तपाईंले सर्भिसको प्रयोग आफ्नो व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा गर्दै हुनुहुन्छ भने तपाईंलाई हाम्रो 3G/4G नेटवर्कका लागि प्रयोग गर्न स्वीकृत गरिएको 3G/4G मोडेमको आवश्यकता पर्नेछ । यदि तपाईंले सर्भिसको प्रयोग आफ्नो ह्याण्डसेट वा मोबाइल डिभाइसमा गर्दै हुनुहुन्छ भने तपाईंलाई 3G/4G चल्ने ह्याण्डसेट वा मोबाइल उपकरणको आवश्यकता पर्नेछ ।
6. तपाईं डाटा प्लान एक्टिभेट भएपश्चात त्यो तपाईको डाटा अवधिको म्याद नसकिँदासम्म वा पूरा प्रयोग गरिएसम्म यो निरन्तर चलिरहनेछ । तपाईले आफ्नो डाटा प्लान समाप्त गर्न सक्नुहुन्न । तपाईंको डाटा प्लानको म्याद सकिने अवधि एक्टिभेसन गरेको समयबाट गणना गरिन्छ ।
7. यदि तपाईंको डाटा प्लानको म्याद सकियो भने प्रयोग नगरेको सबै डाटा फेरि प्रयोगको रोल ओभर हुने छैन र त्यो फिर्ता लिइनेछ । म्याद सकिएपछि (सब्सक्राइबरले स्वत: नवीकरण नगर्ने भनेर छनोट गरेको बेला), तपाईंले आफ्नो डाटा प्लान परिवर्तन नगर्दासम्म प्रयोग गरिएको डाटामा RM0.20/MB (हरेक 1MB ब्लक वा कुनै निश्चित सत्रमा पठाइएको वा प्राप्त गरेको ब्लकको कुनै भाग) को हिसाबले शुल्क लाग्नेछ । यदि तपाईंले आफ्नो डाटा प्लान परिवर्तन गर्नुभयो भने तपाईंलाई त्यो डाटा प्लान अनुसार लागू हुने डाटा शुल्क लाग्नेछ ।
8. यदि तपाईंले भुक्तानी गर्नुभएको प्लान अनलिमिटेड डाटाका लागि हो भने तपाईं हाम्रो उचित उपयोग नीति अन्तर्गत पर्नुहुन्छ र यदि तपाईंको कुल मासिक डाउनलोड तथा अपलोड तोकिएको हाइ-स्पिड डाटा मात्रा वा हाम्रो उचित उपयोग नीतिमा जनाइएको त्यस्तै अन्य मात्राभन्दा बढी भएमा हामीले हाम्रो पूर्ण विकेकमा तपाईंको ब्याण्डविथको व्यवस्थापन, सीमितताबिना तपाईंको स्पीड घटाउने लगायत सर्भिसलाई निलम्बन वा समाप्त गर्न सक्छौं ।
9. डाटा प्रयोगलाई KB मा गणना गरिन्छ । गैर-डाटा प्रयोग (भ्वाइस, SMS/MMS, भिडियो कलहरू र रोमिङ तथा अन्तर्राष्ट्रिय कल सेवा लगायतका सब्सक्रिप्सन सेवाहरू) को शुल्क हाम्रो स्ट्यान्डर्ड रेटहरू अनुसार लाग्नेछ र यो तपाईंले भुक्तानी गर्नुभएको प्लानमा समावेश छैन ।
10. तपाईंले आफ्नो डाटा प्लान तपाईंको हालको डाटा प्लानको म्याद सकिएपछि वा तोकिएको डाटा प्रयोग भइसकेपछि मात्र परिवर्तन गर्न सक्नुहुन्छ । तपाईंले नयाँ डाटा प्लानको नियम तथा शर्तहरूलाई स्वीकार गर्नैपर्छ ।
11. तपाईंको आफ्नो डाटा प्रयोगको अनुगमन गर्ने जिम्मेवारी तपाईंको हो । तपाईंको डाटा ब्यालेन्स जाँच गर्न हामीले उपलब्ध गराउने कुनै युसेज मिटर तपाईंलाई सजिलो होस् भन्नका लागि उपलब्ध गराइएको हो । युसेज मिटरले देखाउने प्रयोग गरेको मात्रा सङ्केत मात्र हुन्छ र त्यो ठयाक्कै मात्रा हुँदैन ।
12. सर्भिससँग जोडिन तपाईंले हामीले निर्देशन गरे अनुसारको सिस्टम आवश्यकताहरूलाई पूरा गरेको हुनैपर्छ । तपाईंले प्रयोग गर्ने सर्भिस तपाईंले प्रयोग गर्ने हार्डवेयर र सफ्टवेयरमा भर पर्छ । हामीले हाम्रो USIM वा सर्भिस तपाईंको हार्डवेयर र सफ्टवेयरसँग मेल खानेछ भनेर कुनै प्रतिनिधित्व वा वारन्टी गर्दैनौं ।
13. एकाउन्ट होल्डर हुनका लागि तपाईंको उमेर 18 वर्षभन्दा माथिको हुनुपर्छ । यो सर्भिसमार्फत प्राप्त गर्ने कुनै पनि इन्टरनेट सामग्रीका लागि हामी जिम्मेवार छैनौं । तपाईंले यो सर्भिससँग प्रयोग गर्ने सफ्टवेयर सही तरिकाले इजाजत प्राप्त भएको छ भनेर अनिवार्य सुनिश्चित गर्नुपर्छ । तपाईंले सर्भिसलाई तेस्रो पक्षलाई बेच्न, शेयर गर्न वा वितरण गर्नुहुँदैन ।
14. तपाईं सम्झौता अनुसार चल्नुभएको छ, छैन भनेर सुनिश्चित गर्न हामीले तपाईंको एकाउन्टको अनुगमन गर्न सक्छौं । हामीले सर्भिस दुरूपयोगको अनुसन्धान गर्ने छौं । यदि हामीले तपाईंले सर्भिस दुरूपयोग गरेको पत्ता लगायौं भने दुरूपयोगको अनुसन्धान गर्न लागेको कुनै पनि खर्च र तपाईंको दुरूपयोगले गर्दा अन्य प्रयोगकर्तालाई हामीले बुझाउन पर्ने कुनै पनि क्षतिपूर्तिको खर्च तपाईंबाट उठाउन सक्ने छौं ।
15. हामीसँग शुल्कहरू लगायतका शर्तहरूलाई संशोधन गर्ने वा अन्यथा परिवर्तन गर्ने अधिकार सुरक्षित छ ।
16. स्पष्ट रुपमा उल्लेख गरेको अवस्थामा बाहेक यस अफरलाई अन्य कुनै पनि अफरहरूसँग जोड्न सकिन्न ।
17. यो अफर हामीले फिर्ता नलिएसम्म उपलब्ध छ ।
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}