
Postpaid Plans
Enjoy up to 1,000GB 5G data with our new U Postpaid plans. Check it out now!
सामान्य
1. Giler Unlimited Prepaid प्लानहरू GX12 तथा GX30 नाम गरेर दुई (2) वटा प्लानहरूमा छन् (सामूहिक रुपमा "प्लानहरू" भनिने र एकल रुपमा "प्लान" भनिने । तलको तालिकाले प्लानको विस्तृत अफरलाई प्रस्तुत गर्छ ।
प्लान | शुल्क | इन्टरनेट कोटा | कलहरूको कोटा | वैधता अवधि | स्वत: नवीकरण |
---|---|---|---|---|---|
GX12 | RM12 | अनलिमिटेड | अनलिमिटेड | 7 days | हुन्छ |
GX30 | RM30 | अनलिमिटेड | लागू नहुने | 30 days | हुन्छ |
2. प्लानहरू U Mobile प्रिपेडका सब्सक्राइबरहरूका लागि मात्र उपलब्ध छन् र यो U Broadband सब्सक्राइबरहरूका लागि उपलब्ध छैनन् ।
3. प्लानहरूलाई अन्य कुनै पनि मोबाइल नम्बरमा ट्रान्सफर गर्न सकिँदैन ।
4. हरेक प्लान U Mobile प्रिपेडको नियम तथा शर्तहरू बमोजिम उपलब्ध गराइन्छ । तपाईंले ती नियम तथा शर्तहरू लगायत हाम्रो उचित उपयोग नीति, गोपनीयता नीति र www.u.com.my मा उपलब्ध ती सबै अतिरिक्त नियम तथा शर्तहरू (सामूहिक रुपमा "शर्तहरू" भनिने) लाई अनिवार्य पालना गर्नुपर्छ ।
5. हामीसँग प्लानहरूलाई रोक्ने, शुल्कहरू लगायतका यी शर्तहरूलाई संशोधन गर्ने वा अन्यथा परिवर्तन गर्ने अधिकार सुरक्षित छ ।
6. स्पष्ट रुपमा उल्लेख गरेको अवस्थामा बाहेक यस प्लानहरूलाई अन्य कुनै पनि अफरहरूसँग जोड्न सकिन्न ।
एक्टिभेसन तथा शुल्कहरू
1. तपाईंले हरेक प्लानलाई आफ्नो मोबाइल डिभाइसमा एक्टिभेट गर्न सक्नुहुन्छ:
a. MyUMobile एपको Add-ons सेक्सन मार्फत; वा
b. MyUMobile एपको Add-ons सेक्सन मार्फत; वा
c. 28118 मा निम्न किवर्ड भएको SMS पठाएर:
प्लान | किवर्ड |
---|---|
GX12 | ON GX12 |
GX30 | ON GX30 |
पठाइएको हरेक SMS लाई RM0.05 शुल्क लगाइनेछ ।
2. तपाईंले एक्टिभेट गर्नुभन्दा पहिला र आफ्नो सब्सक्रिप्सनको नवीकरण हुनुभन्दा पहिला तपाईंसँग सम्बन्धित प्लानका लागि निम्न न्यूनतम क्रेडिट ब्यालेन्स हुनैपर्छ ।
प्लान | न्यूनतम क्रेडिट ब्यालेन्स |
---|---|
GX12 | RM12 |
GX30 | RM30 |
3. सम्बन्धित प्लानहरूका लागि एक्टिभेसन शुल्क निम्नानुसार छन्:
प्लान | एक्टिभेसन शुल्कहरू |
---|---|
GX12 | RM12 |
GX30 | RM30 |
4. एक्टिभेसनका लागि तपाईंले मन्जुरी दिनुभएको वा नदिनुभएको जे भएतापनि हामीले तपाईंको क्रेडिट ब्यालेन्सबाट तपाईंले सब्सक्राइब गर्नुभएको प्लान अनुसारको सम्बन्धित एक्टिभेशन शुल्क काट्ने छौं । रिफण्ड वा क्रेडिटका लागि अनुरोध स्वीकार गरिने छैन ।
5. एक्टिभेसन गरेपछि वैधता अवधि 7 दिन (GX12 का लागि) र 30 दिन (GX30 का लागि) को हुन्छ । म्याद गुज्रिदा, यदि तपाईंसँग अनुच्छेद 2 (एक्टिभेसन तथा शुल्कहरू) मा जनाइए अनुसारको न्यूनतम क्रेडिट ब्यालेन्स भएमा तपाईंको सब्सक्रिप्सन स्वत: रोल-ओभर हुनेछ ।
6. तपाईंसँग पर्याप्त क्रेडिट ब्यालेन्स नभएर यदि तपाईंको सब्सक्रिप्सन नविकरण भएन भने तपाईंको सब्सक्रिप्सन नवीकरण हुने छैन ।
7. तपाईंले मन लागे अनुसार जति पनि प्लान एक्टिभेट गर्न सक्नुहुन्छ । प्रयोग नभएको सबै डाटा प्लान नवीकरण हुँदा फिर्ता लिइनेछ ।
8. यदि तपाईं प्लानलाई समाप्त गर्न चाहनुहुन्छ भने निम्न तरिकाहरूबाट अनसब्सक्राइब गर्न सक्नुहुन्छ:
a. *118# मा UMB मार्फत; वा
b. 28118 मा “OFF GX12” वा “OFF GX30” SMS पठाएर । पठाइएको हरेक SMS मा RM0.05 शुल्क लाग्नेछ ।
9. प्रयोग नभएको सबै डाटा प्लान समाप्त हुँदा फिर्ता लिइनेछ । त्यसपछिका डाटा प्रयोगको शुल्क सम्बन्धित प्रिपेड रेट प्लानहरू अनुसार लाग्नेछ ।
डाटा सर्भिस
1. प्लानहरूलाई सब्सक्राइब गरेर तपाईंले 3Mbps सम्मको इन्टरनेट स्पिडबाट अनलिमिटेड डाटा प्रयोगको मजा लिनुहुनेछ । प्लानहरूमा स्ट्यान्डर्ड डेफिनेशनमा अनलिमिटेड भिडियो र सङ्गीतको स्ट्रिमिङ पनि समावेश छन् ।
2. मोबाइल हटस्पट प्रयोगका लागि तपाईंलाई छुट्टै 1GB (GX12 का लागि) र 3GB (GX30 का लागि) दिइन्छ । कोटा पूर्ण रुपमा प्रयोगमा आइसकेपछि डाटा स्पिडको व्यवस्थापन हुनेछ ।
3. Hotspot Booster एड-अन सेवा हो जसले अनुच्छेद 2 मा जनाइए अनुसारको मासिक कोटामा थप मोबाइल हटस्पट कोटा उपलब्ध गराउँछ । तपाईंले प्लानहरूसँग मात्र Hotspot Booster सब्सक्राइब गर्न सक्नुहुन्छ र यो अन्य कुनै पनि U Mobile डाटा प्लानसँग उपलब्ध छैन । Hotspot Booster को वैधता अवधि सेवा खरिद गरेको मितिबाट 3 दिनसम्म हुन्छ । यदि तपाईंले Hotspot Booster सब्सक्राइब गर्नुभएको छ र तपाईंले आफ्नो रेट वा डाटा प्लान परिवर्तन गर्नुभयो भने तपाईंको Hotspot Booster सब्सक्रिप्सनमा प्रयोग नगरेको र वैधता अवधिलाई रिफण्डबिना फिर्ता लिइनेछ र त्यो तपाईंको नयाँ रेट वा डाटा प्लानमा सरेर जोडिने छैन ।
4. Turbo Booster अनुच्छेद 1 मा तय गरिएको इन्टरनेट स्पिडलाई बढाउने एड-अन सर्भिस हो । तपाईंले आफ्नो प्लानहरूसँग मात्र Turbo Booster सब्सक्राइब गर्न सक्नुहुन्छ र यो अन्य कुनै पनि U Mobile डाटा प्लानसँग उपलब्ध छैन । Turbo Booster को वैधता अवधि सब्सक्रिप्सन मितिबाट 1 दिनसम्म हुन्छ । यो सब्सक्रिप्सनले तपाईंको प्लानहरूको सब्सक्रिप्सन कुनै अतिरिक्त डाटा कोटा दिदैंन । यदि तपाईंले Turbo Booster सब्सक्राइब गर्नुभएको छ र तपाईंले आफ्नो रेट वा डाटा प्लान परिवर्तन गर्नुभयो भने तपाईंको Turbo Booster सब्सक्रिप्सनको प्रयोग नभएको कुनै पनि वैधता अवधिलाई रिफण्डबिना फिर्ता लिइनेछ र त्यो तपाईंको नयाँ रेट वा डाटा प्लानमा सरेर जोडिने छैन ।
5. पियर-टु-पियर (P2P) प्रयोग 64kbps सम्मको छ ।
6. गैर-मोबाइल हटस्पट प्रयोगका लागि तपाईंले स्मार्टफोनहरू मार्फत मात्र प्लानहरूको प्रयोग गर्न सक्नुहुन्छ र MiFi तथा USB डोङ्गल लागायत अन्य डिभाइसहरूबाट गर्न मिल्दैन । U Mobile ले आफ्नो विवेक अनुसार समय-समयमा प्लानहरूका लागि डिभाइसहरूको आवश्यकतामा परिवर्तन गर्न सक्छ ।
7. तपाईंले शर्तहरूको उल्लंघन गरेको पाइएमा U Mobile सँग आफ्नो एकल तथा पूर्ण विवेकमा तपाईंप्रति कुनै दायित्व नहुनेगरी कुनै पनि समयमा प्लानहरूलाई निलम्बन वा रद्द गर्ने अधिकार सुरक्षित छ ।
8. डाटा सेवा नेटवर्कको सीमितता तथा उपलब्धता र डिभाइसको क्षमतामा भर पर्छ । तपाईंको वास्तविक डाउनलोड स्पिड तथा डाटा क्षमता फरक पर्छ र सुस्त हुन सक्छ र तिनीहरूलाई यी अवस्थाहरूले असर गर्न सक्छन् र तिनीहरू यतिमा मात्र सिमित छैनन्: हाम्रो मोबाइल टावरदेखि तपाईंसम्मको दुरी, हाम्रो मोबाइल टावरको क्षमता, तपाईंको डाउनलोडको स्रोत, तपाईंको ह्याण्डसेटको प्रकार तथा गुणस्तर, सामान्य इन्टरनेट ट्राफिक र कभरेजको उपलब्धता ।
9. नेटवर्क फेलियर भएको बेला तपाईंको सामान्य (गैर-हटस्पट) डाटा उपयोग भूलवश तपाईंको मोबाइल हटस्पट कोटाबाट घट्न सक्छ । यस्तो हुन सक्ने सम्भावनालाई तपाईंले बुझ्नुहुन्छ र यसका लागि हामीलाई जिम्मेवार ठहराउनुहुन्न भनेर स्वीकार गर्नुहुन्छ ।
भ्वाइस सर्भिस
1. भ्वाइस सर्भिस आन्तरिक मोबाइल, आन्तरिक फिक्स्ड अन-नेट र अफ-नेट प्रयोगमा लागू हुन्छ र यसमा भिडियो कल, MMS, अन्तर्राष्ट्रिय डाइरेक्ट कल (IDD), अन्तर्राष्ट्रिय रोमिङ, भ्वाइसमेल (1311) वा स्पेशल नम्बर/प्रिमियम नम्बरहरू (उदाहरणका लागि: 1300 / 1500 / 1508 / 1600 / 1700 / 1900 / 103, 800 & 15999) मा गरिने कलहरू, सिङ्गापुर कल गर्ने 02-प्रिफिक्स नम्बरहरू र ब्रुनाई कल गर्ने 080-प्रिफिक्स नम्बरहरू पर्दैनन् ।
2. तपाईंले भ्वाइस सर्भिसलाई अनिवार्य रुपमा सामान्य दैनिक मोबाइल भ्वाइस प्रयोगको रुपमा मात्रा प्रयोग गर्नुपर्छ, व्यावसायिक प्रयोजनका लागि होइन । उचित उपयोग नीतिको प्रवर्द्धनमा प्लानलाई:
a. पुन: बिक्री गर्न, भाडामा लगाउन वा अन्य कुनै पनि तरिकाले प्रयोग गर्न पाइने छैन;
b. एकैपटक धेरै कल गर्न, कन्फरेन्स कल गर्न, पुन: आपूर्ति गर्न, कल सेन्टर प्रयोग, टेलिमार्केटिङ गर्न, अप्लिकेशन-टु-पर्सन सञ्चार गर्न, समय अवधिभन्दा बढी लगातार कल गर्न, अटो-डायलिङ गर्न, मशिन-टु-मशिन सञ्चार गर्नका लागि प्रयोग पाइने छैन;
c. होलसेल वा SIM बक्सिङ वा हाम्रो नेटवर्कमा मिनेट जम्माका लागि प्रयोग गर्न पाइने छैन;
d. कललाई रि-राउट गर्ने डिभाइस, सफ्टवेयर वा एप्लिकेसनसँग जोडेर प्रयोग गर्न पाइने छैन;
e. लाइनलाई सम्भावित घन्टौंसम्म खुला राख्न सक्ने र हाम्रो नेटवर्कमा अरू ग्राहकहरूको पहुँचको क्षमतालाई सीमित गर्न सक्ने स्विच डिभाइसहरू सेट-अप गर्नमा प्रयोग गर्न पाइने छैन; वा
f. U Mobile ले गैर-मापदण्ड अनुसारको प्रयोग भनेर मान्ने अरू कुनै पनि गतिविधिका लागि प्रयोग गर्न पाइने छैन ।
3. हाम्रो अन्य अधिकार तथा उपचारहरूका अतिरिक्त, यदि तपाईंले हाम्रो प्लानको कुनै पनि शर्तहरू उल्लंघन गर्नुभएमा हामीले तपाईको प्लानलाई निलम्बन वा समाप्त गर्न सक्छौं र प्रयोग नगरिएको सबै क्रेडिट ब्यालेन्स फिर्ता लिइनेछ ।
Version: 5 August 2019
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}