
Preorder iPhone 15 Pro and iPhone 15 Family
Get the latest iPhone 15 series with Unbeatable 5G U Postpaid plans, from now till 28 September 2023. Pre-order yours at U Mobile today!
सामान्य
1. GX30 डाटा (“GX30 प्लान”) को लागि 30-दिने एकीकृत सेवा हो ।
2. यो प्लान U Mobile प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ र – U ब्रोडब्यान्ड ग्राहकहरूका लागि उपलब्ध छैन ।
3. यो प्लानलाई अन्य कुनै मोबाइल नम्बरमा ट्रान्सफर गर्न सकिदैन ।
4. यो प्लानलाई U Mobile प्रिपेडको नियम तथा शर्तहरू अनुसार उपलब्ध गराइन्छ । तपाईंले उचित उपयोग नीति, गोपनीयता नीति तथा www.u.com.my मा उपलब्ध हुने अतिरिक्त नियम तथा शर्तहरू (सामूहिक रुपमा “शर्तहरू” भनिने) लगायत ती शर्तहरूलाई अनिवार्य पालना गर्नुपर्छ ।
5. हामीले शुल्कहरू लगायत यी शर्तहरूलाई संशोधन गर्ने वा अन्यथा परिवर्तन गर्ने अधिकार सुरक्षित राख्छौं ।
6. जबसम्म स्पष्ट रूपमा व्यक्त नगरेको भएसम्म प्लानलाई अन्य कुनै पनि अफरहरूसँग जोड्न सकिन्न ।
एक्टिभेसन तथा शुल्कहरू
1. तपाईंले निम्न तरिकामा आफ्नो मोबाइल डिभाइस (सेट) मा GX30 प्लान एक्टिभेट (सेवा सुरु) गर्न सक्नुहुनेछ:
a. MyUMobile एपको Add-ons खण्ड मार्फत; वा
b. *118# डायल गरेर; वा
c. ON GX30 टाइप गरेर SMS मार्फत 28118 मा पठाएर । पठाइएको हरेक SMS लाई RM0.05 शुल्क लगाइनेछ ।
2. तपाईंले एक्टिभेट गर्नुभन्दा पहिला GX30 प्लानको लागि तपाईंसँग न्यूनतम RM30 क्रेडिट ब्यालेन्स हुनैपर्छ ।
3. प्लानको लागि लागू हुने एक्टिभेसन शुल्क RM30 हुन्छ । एक्टिभेसनको लागि तपाईंद्वारा मञ्जुरी दिइएको वा नदिइएको भएपनि हामीले एक्टिभेसन शुल्कलाई तपाईंको क्रेडिट ब्यालेन्सबाट काट्ने छौं । कुनै पनि शुल्क फिर्ता गरिने छैन वा क्रेडिटको लागि गरिएको अनुरोधलाई स्वीकृत गरिने छैन ।
4. वैधता अवधि एक्टिभेसन गरिएकोबाट 30 दिनको हुनेछ । वैधता अवधिको समाप्तिमा यदि तपाईंसँग अनुच्छेद 2 मा निर्दिष्ट गरिए अनुसार न्यूनतम क्रेडिट ब्यालेन्स छ भने तपाईंको ग्राहक सदस्यता सेवा स्वतः नवीकरण हुनेछ ।
5. तपाईंसँग अपर्याप्त क्रेडिट ब्यालेन्स भएको कारणले गर्दा यदि तपाईंको ग्राहक सदस्यता सेवा स्वतः नवीकरण हुन सकेन भने तपाईंको ग्राहक सदस्यता सेवा नवीकरण हुने छैन ।
6. तपाईंले आफूले चाहेको सङ्ख्या जति GX30 प्लानहरू एक्टिभेट गर्न सक्नुहुनेछ । GX30 प्लानको नवीकरण गरिँदा प्रयोग नगरिएको कुनै पनि डाटालाई फिर्ता लिइनेछ ।
7. यदि तपाईंले GX30 प्लानलाई समाप्त गर्न चाहेमा तपाईंले निम्न तरिकामा ग्राहक सदस्यता सेवालाई बन्द गर्न सक्नुहुन्छ:
a. UMB मार्फत *118# मा; वा
b. OFF GX30 टाइप गरेर SMS मार्फत 28118 मा पठाएर । पठाइएको हरेक SMS लाई RM0.05 शुल्क लगाइनेछ ।
8. GX30 प्लानको समाप्तिमा प्रयोग नगरिएको कुनै पनि डाटालाई फिर्ता लिइनेछ । त्यसपछिको डाटा प्रयोगलाई सम्बन्धित प्रिपेड प्लानहरूको दर अनुसार शुल्क लगाइनेछ ।
डाटा सेवा
1. GX30 प्लानको ग्राहक बनेर तपाईंले 3Mbps सम्मको इन्टरनेट गतिका साथ अनलिमिटेड डाटा प्रयोगको मजा लिन सक्नुहुन्छ । GX30 प्लानमा सामान्य डेफिनेसनमा अनलिमिटेड भिडियो तथा म्युजिक स्ट्रिमिंग लगायतका पर्दछन् ।
2. मोबाइल हटस्पट प्रयोगको लागि तपाईंलाई छुट्टै 3GB को डाटा कोटा प्रदान गरिनेछ । यो कोटा पूर्ण रूपमा प्रयोग गरिसकेपछि डाटाको गतिलाई व्यवस्थित गरिनेछ ।
3. Hotspot Booster पूरक सेवा हो जसले अनुच्छेद 2 मा छुट्टाइएको मासिक कोटाका अतिरिक्त थप मोबाइल हटस्पट कोटा उपलब्ध गराउँछ । तपाईले GX30 योजनाको साथमा मात्र Hotspot Booster को ग्राहक बन्न सक्नुहुन्छ र यो अन्य कुनै पनि U मोवाइल डाटा प्लानको साथमा उपलब्ध छैन । Hotspot Booster को वैधता अवधि ग्राहक सदस्यता सेवा लिएकोबाट 3 दिनको हुन्छ । यदि तपाईं Hotspot Booster को ग्राहक बन्नुभएको छ र तपाईंले आफ्नो दर वा डाटा प्लान परिवर्तन गर्नुभएमा तपाईंलाई कुनै पनि शुल्क फिर्ता नगरिकन तपाईंको Hotspot Booster ग्राहक सदस्यता सेवाको प्रयोग नगरिएको कुनै पनि कोटा तथा वैधता अवधिलाई तपाईंबाट फिर्ता लिइनेछ र तपाईंको नयाँ दर वा प्लानमा सर्नेगरी जोडिदैन ।
4. Speed Booster अनुच्छेद 1 मा तय गरिएको इन्टरनेट गतिलाई बढाउनको लागि पूरक सेवा हो । तपाईंले आफ्नो GX30 प्लानका साथमा मात्र Speed Booster को ग्राहक बन्न सक्नुहुन्छ र यो अन्य कुनै पनि U मोबाइल डाटा प्लानको साथमा उपलब्ध छैन । Speed Booster को वैधता अवधि ग्राहक सदस्यता सेवा लिएकोबाट 3 दिनको हुन्छ । ग्राहक सदस्यता सेवाले तपाईंको GX30 ग्राहक सदस्यता सेवामा कुनै पनि थप डाटा कोटा प्रदान गर्दैन । यदि तपाईं Speed Booster को ग्राहक बन्नुभएको छ र तपाईंले आफ्नो दर वा डाटा प्लान परिवर्तन गर्नुभएमा तपाईंलाई कुनै पनि शुल्क फिर्ता नगरिकन तपाईंको Speed Booster ग्राहक सदस्यता सेवाको प्रयोग नगरिएको कुनै पनि वैधता अवधिलाई तपाईंबाट फिर्ता लिइनेछ र तपाईंको नयाँ दर वा प्लानमा सर्नेगरी जोडिदैन ।
5. साथीबाट साथीसम्म (Peer-to-peer, P2P) को प्रयोग 64kbps सम्म हुन्छ ।
6. गैर-मोबाइल हटस्पट प्रयोगको लागि तपाईंले GX30 प्लानलाई समार्टफोनहरू मार्फत मात्र प्रयोग गर्न सक्नुहुन्छ र MiFi तथा USB डोन्गल लगायत अन्य डिभाइसहरू मार्फत गर्न सक्नुहुन्न । U Mobile ले आफ्नो विवेकको आधारमा GX30 को लागि डिभाइसको आवश्यकता समय-समयमा परिवर्तन पनि गर्न सक्नेछ ।
7. U Mobile ले आफ्नो एकमात्र तथा पूर्ण विवेकमा यदि तपाईंलाई शर्तहरूको उल्लंघन गरिएको पाइएमा तपाईं प्रति उत्तरदायी नभइकन कुनै पनि समय GX30 प्लानलाई निलम्बन वा समाप्त गर्ने अधिकारलाई आफू साथ सुरक्षित राख्छ ।
8. डाटा सेवा नेटवर्कको सीमितता तथा उपलब्धता र डिभाइसको क्षमतामा निर्भर रहन्छ । तपाईंको वास्तविक डाउनलोड गति तथा डाटाको क्षमता फरक हुनसक्छ तथा ढिलो पनि हुनसक्नेछ र हाम्रो मोबाइल टावरबाट तपाईंको दुरी, हाम्रो मोबाइल टावरको क्षमता, तपाईंको डाउनलोडको श्रोत, तपाईंको मोबाइल सेटको प्रकार तथा गुणस्तर र सामान्य इन्टरनेट ट्राफिक र कवरेजको उपलब्धताद्वारा प्रभावित हुन्छन् तर तिनीहरूमा यी कारणहरू मात्र सीमित हुँदैनन् ।
9. नेटवर्क अवरोध वा फेल हुँदा तपाईंको सामान्य (गैर-हटस्पट) डाटा प्रयोग अन्जानमा तपाईंको मोबाइल हटस्पट कोटाबाट पनि काटिन सक्नेछ । तपाईं यस्तो हुन्छ भन्ने सम्भावनालाई स्वीकार गर्नुहुन्छ र हामीलाई उत्तरदायी बनाउन हुन्न भन्ने कुरामा सहमत हुनुहुन्छ ।
संस्करण: 17 जुलाई 2018
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}