
Preorder iPhone 15 Pro and iPhone 15 Family
Get the latest iPhone 15 series with Unbeatable 5G U Postpaid plans, from now till 28 September 2023. Pre-order yours at U Mobile today!
A. सामान्य जानकारी
1. यो Unlimited Funz Prepaid Plan ("प्लान") प्रोमोसन (“प्रोमोसन”) 25 जुलाई 2019 (“लागू भएको मिति”) बाट U Mobile ले फिर्ता नलिएसम्मका लागि उपलब्ध छ । यो प्लान U Mobile प्रिपेडको नियम तथा शर्तहरू बमोजिम उपलब्ध गराइन्छ । तपाईंले ती नियम तथा शर्तहरू लगायत सम्बद्ध सेवा विवरण, हाम्रो उचित उपयोग नीति, गोपनीयता नीति र यी नियम तथा शर्तहरू (सामूहिक रुपमा "शर्तहरू" भनिने) लाई अनिवार्य पालना गर्नुपर्छ ।
2. हामीसँग तपाईंलाई जानकारी नगरिकन शुल्कहरू लगायतका यी शर्तहरूलाई संशोधन गर्ने वा अन्यथा परिवर्तन गर्ने अधिकार सुरक्षित छ । यसले हामीले तपाईंसँग गरेको सम्झौताको अन्य खण्डहरूमा हामीले तपाईंलाई सूचना दिनुपर्ने कुनै पनि आवश्यकतालाई बदर गरिदिन्छ ।
3. अन-नेट कलहरूका लागि अधिकतम दैनिक शुल्क RM1.00 हो, त्यसपछि त्यो दिनको बाँकी समयमा सबै अन-नेट कलहरू नि:शुल्क हुनेछन् (“नि:शुल्क कलहरू”) । यदि तपाईंले आफ्नो नि:शुल्क कलहरूको अवधिमा कुनै पनि अन-नेट कलहरू गर्नुभयो भने तपाईंको प्रयोग दर 30 सेकेण्डमा आधारित हुन्छ । स्पष्ट बुझाइका लागि, "अन-नेट" भनेको ती कलहरू हुन्:
a. जुन मलेसिया भित्र U Mobile को नेटवर्कभित्र मात्र गरिएका हुन्छन्;
b. जुन अन्य कुनै दूरसञ्चार प्रदायकको नेटवर्कमा गरिएका हुँदैनन्; र
c. जसमा भिडियो कलहरू, IDD, अन्तर्राष्ट्रिय रोमिङ, भ्वाइसमेल (1311) वा स्पेशल नम्बर/प्रिमियम नम्बरहरूमा गरिएका कलहरू पर्दैंनन् र यिनीहरूमा निम्नानुसारको दरहरू लाग्नेछन्:
न. |
कलको प्रकार |
लागू हुने |
---|---|---|
i. | भ्वाइस मेल |
RM0.18 प्रति कल |
ii. | रोमिङमा हुँदा गरिएका कुनै पनि कलहरू |
वर्तमान U Mobile रोमिङ अपरेटरहरूले लागू गरेका दरहरूमा आधारित |
iii. |
1300 |
RM0.30/मिनेट |
iv. |
1-600-85-8888 (AirAsia) |
RM1.95/मिनेट |
v. | 1800 | नि:शुल्क |
4. प्लानको जीवनचक्र 5 दिनको एक्टिभ (सक्रिय) अवधि (“एक्टिभ (सक्रिय) अवधि”) र 60 दिनको निष्क्रिय अवधि (“निष्क्रिय अवधि”) का साथ आउँछ:
a. निष्क्रिय अवधिको बेला तपाईंले इन्टरनेट चलाउने, बाहिरिने कलहरू गर्ने र SMS पठाउने लगायतका कुनै सेवाहरूको प्रयोग गर्न सक्नुहुन्न तर तपाईंले आउने कलहरू र SMS प्राप्त गर्न सक्नुहुन्छ ।
b. यदि तपाईंले निष्क्रिय अवधिमा कुनै टप अप गर्नुभएन भने कुनै थप सूचनाबिना तपाईंको अकाउन्ट स्वत: समाप्त हुनेछ ।
c. तपाईंको एक्टिभ अवधिको वैधता तपाईंले टप-अप गर्ने रकममा निर्भर हुन्छ । उदाहरणका लागि:
i. यदि तपाईंले प्लान एक्टिभेसन गर्दा कुनै पनि टप अप गर्नुभएन भने तपाईंको एक्टिभ अवधि 5 दिनको हुनेछ;
ii. जुनसुकै बेला पनि, RM1.00 को टप अप गर्दा तपाईंको एक्टिभ अवधि 1 दिनको हुनेछ । यद्यपि:
A. जुनसुकै बेला पनि, RM1.00 को टप अप गर्दा तपाईंको एक्टिभ अवधि 1 दिनको हुनेछ । यद्यपि:
B. यदि तपाईंले RM10.00 टप अप गर्नुभयो भने तपाईं एक्टिभ अवधि10 दिनको हुनेछ ।
5. प्रोमोसन अन्तर्गतको सबै सुविधाहरूको मजा लिनका लागि तपाईंको प्लान अवधिभर तपाईंको अकाउन्ट एक्टिभ छ भन्ने कुराको सुनिश्चिता तपाईंले गर्नैपर्छ । एक्टिभ भनेको तपाईंले कल गर्न तथा उठाउन मिल्ने अवस्था हो ।
6. स्पष्ट रुपमा उल्लेख गरेको अवस्थामा बाहेक यस प्रोमोसनलाई अन्य कुनै पनि अफरहरूसँग जोड्न सकिन्न ।
B. U Mobile बाट U Mobile मा नि:शुल्क भ्वाइस कलहरू
1. हामीले एक्टिभ अवधिमा सोही दिन गरिने अन-नेटका लागि तपाईंको मुख्य क्रेडिट ब्यालेन्सबाट RM1.00 काटेपछि तपाईंले बाँकी दिनभरि नि:शुल्क कलहरूको मजा लिन सक्नुहुन्छ । स्पष्ट बुझाइका लागि, अन-नेट कलहरूका लागि RM1.00 शुल्कहरूको गणना सोही दिन 0:00:01 बजेदेखि सुरु भएर 11:59:59 बजेसम्मका लागि हुन्छ ।
2. अन-नेटका लागि तपाईंले RM1.00 भन्दा कम प्रयोग गर्नुभएको दिनहरूमा, सबै अन-नेट कलहरूको शुल्क हाम्रो प्रचलित भ्वाइस कल दर अनुसार लाग्नेछ ।
3. यदि तपाईं नि:शुल्क कलहरूका लागि योग्य हुनुहुन्छ र तपाईंसँग अन्य प्रोमोसनहरू वा सर्भिसबाट प्राप्त भएका नि:शुल्क मिनेट वा क्रेडिटहरू छन् भने अन-नेट कलको कोटा निम्न क्रमानुसार उपयोग हुनेछ:
a. अन्य प्रोमोसनहरू वा सर्भिसबाट प्राप्त भएका नि:शुल्क मिनेट वा क्रेडिटहरू; र
b. नि:शुल्क कलहरू ।
स्पष्ट बुझाइका लागि, यदि तपाईंसँग हाम्रो कुनै पनि टप अप प्रोमोसनबाट प्राप्त RM0.50 को नि:शुल्क क्रेडिट छ भने तपाईंको अन-नेट कलहरूको शुल्क पहिला नि:शुल्क क्रेडिटहरूबाट र त्यसपछि नि:शुल्क कलहरूबाट घट्नेछ ।
4. नि:शुल्क कलहरू कुनै पनि अन्य व्यक्ति, कम्पनीलाई वा कुनै पनि अन्य प्रिपेड अकाउन्टमा ट्रान्सफर गर्न मिल्दैन ।
5. तपाईंले प्रयोग नभएको नि:शुल्क कलहरूको कोटालाई सारेर अर्कोमा जोड्न मिल्दैन । नि:शुल्क कोटा हरेक दिन 00:00:00 बजे रिसेट हुन्छ र तपाईंको मुख्य क्रेडिट ब्यालेन्सबाट अन-नेटका लागि RM1.00 काटिएपछि तपाईंले त्यो दिनको बाँकी समय नि:शुल्क कलहरूको मजा लिन सक्नुहुन्छ ।
C. प्लानहरू स्विच गर्ने (बदल्ने)
1. वर्तमान U Mobile प्रिपेड सब्सक्राइबरहरूले लागू हुने मितिबाट आफ्नो प्लान स्विच (बदल्न) पाउँछन् ।
2. हरेक सफल स्विचपश्चात RM3.00 को स्विचिङ शुल्क तपाईंको एकाउन्टबाट काटिनेछ ।
3. यद्यपि, तपाईंले प्लानमा स्विच गरेपछि, तपाईंले Unlimited Power Prepaid plan मा मात्र स्विच ब्याक गर्न पाउनुहुन्छ ।
4. निष्क्रिय अवधिमा तपाईंलाई प्लानहरू स्विच गर्ने अनुमति हुँदैन । प्लानहरू स्विच गर्नुभन्दा पहिला कृपया आफ्नो एकाउन्टलाई रि-एक्टिभेट गर्न टप अप गर्नुहोस् ।
5. प्लान स्विच सफल हुँदा तपाईंको एकाउन्टमा भएको क्रेडिट ब्यालेन्स बाहेक हालको सबै नि:शुल्क उपहार वा सब्सक्रिप्सनहरू फिर्ता लिइनेछ र त्यो क्रेडिट ब्यालेन्स मात्र सरेर अर्कोमा जोडिनेछ ।
6. तपाईंले जुन प्रिपेड प्लानबाट स्विच गरेको भएपनि हरेक सफल स्विचपछि तपाईंको एकाउन्टको एक्टिभ अवधि 5 दिन र निष्क्रिय अवधि 60 दिनमा रिसेट हुनेछ ।
नि:शुल्क इन्टरनेट
1. नि:शुल्क इन्टरनेटको मजा लिन तपाईंले आफ्नो एकाउन्ट एक्टिभ छ भनेर सुनिश्चित गर्नैपर्छ ।
2. नि:शुल्क इन्टरनेट कुनै पनि अन्य व्यक्ति, कम्पनीलाई वा कुनै पनि अन्य सब्सक्राइबरको प्रिपेड अकाउन्टमा ट्रान्सफर गर्न मिल्दैन ।
3. नि:शुल्क इन्टरनेटको प्रयोग नभएको कोटा सरेर अर्कोमा जोडिदैन ।
4. नि:शुल्क इन्टरनेट आन्तरिक रुपमा (मलेशियामा मात्र) मात्रै प्रयोग गर्न सकिन्छ र यसलाई देशबाहिर हुँदा इन्टरनेट रोमिङका लागि प्रयोग गर्न सकिँदैन । U Mobile को रोमिङ अपरेटरहरूले लागू गरेका इन्टरनेट रोमिङ दरहरूको आधारमा तपाईंको इन्टरनेट रोमिङ प्रयोग शुल्क लाग्नेछ ।
5. इन्टरनेटको प्रयोग वा उपयोग U Mobile को उचित उपयोग नीतिको नियम तथा शर्तहरू अन्तर्गत हुनेछ । U Mobile को उचित उपयोग नीति अनुसार नि:शुल्क इन्टरनेटको प्रयोग र इन्टरनेट कोटाको स्पिड, इन्टरनेट सेवामा तपाईंको ब्याण्डविथ निलम्बन वा समाप्त गर्ने लगायत तपाईंलाई तोकिएको ब्याण्डविथको व्यवस्थापन गर्ने अधिकार U Mobile सँग रहेको छ ।
एक्टिभेसनपश्चात नि:शुल्क इन्टरनेट
1. प्लानको सफल एक्टिभेसनपश्चात तपाईंको एकाउन्टमा नि:शुल्क 200MB हाइ स्पिड इन्टरनेट तुरुन्तै जम्मा हुनेछ ।
2. तपाईंको एकाउन्टमा नि:शुल्क 200MB इन्टरनेट जम्मा भएको छ भनेर तपाईंलाई एउटा SMS नोटिफिकेसन पठाइनेछ ।
3. नि:शुल्क 200MB इन्टरनेट एक्टिभेसन भएको मितिबाट 5 दिनसम्म मान्य हुन्छ । 5-दिने अवधि सकिएपश्चात प्रयोगमा नआएको कुनै पनि इन्टरनेट कोटा फिर्ता लिइनेछ ।
4. नि:शुल्क 200MB इन्टरनेट अन्य U Mobile सब्सक्राइबरहरूलाई ट्रान्सफर गर्न मिल्दैन ।
10 सोसल, म्यासेज तथा गेमिङ एपहरूका लागि नि:शुल्क अनलिमिटेड डाटा
1. Facebook, Instagram, Twitter, WhatsApp, WeChat, IMO, Viber, Facebook Messenger, Mobile Legends तथा PUBG ("एप एण्ड वेब") का लागि डाटा प्रयोग गर्दा तपाईंले नि:शुल्क अनलिमिटेड डाटा ("नि:शुल्क अनलिमिटेड डाटा") प्राप्त गर्नुहुनेछ ।
2. तपाईंले न्यूनतम RM10.00 र त्योभन्दा बढीको आफ्नो पहिलो टप-अप गर्ने बित्तिकै तपाईंको एकाउन्टमा नि:शुल्क अनलिमिटेड डाटा जम्मा गरिनेछ ।
3. नि:शुल्क अनलिमिटेड डाटा निम्न कार्यहरूका लागि लागू हुँदैन:
a. एप एण्ड वेब (App and Web) ले होस्ट नगर्ने बाहिरी लिंकहरू/पृष्ठहरू ब्राउजिङ गर्न;
b. एप एण्ड वेब (App and Web) ले होस्ट नगर्ने बाहिरी लिंकहरू/पृष्ठहरू ब्राउजिङ गर्न;
c. एप एण्ड वेबमार्फत कुनै तेस्रो पक्षको वेबसाइट वा मोबाइल एप्लिकेसनहरूमा पहुँच गर्न; र
d. एप एण्ड वेबमार्फत कुनै तेस्रो पक्षको वेबसाइट वा मोबाइल एप्लिकेसनहरूमा पहुँच गर्न; र
4. एप एण्ड वेबका गेमिङ एपहरूका लागि तपाईंले स्मार्टफोनहरू मार्फत मात्रै नि:शुल्क अनलिमिटेड डाटाको प्रयोग गर्न सक्नुहुन्छ र निम्नहरूबाट प्रयोग गर्न सक्नुहुन्न:
a. MiFi तथा USB डोङ्गल लगायत अन्य डिभाइसहरूबाट; वा
b. मोबाइल टिथरिङ वा हटस्पटमार्फत ।
5. नि:शुल्क अनलिमिटेड डाटाको मजा लिन तपाईंले आफ्नो एकाउन्ट एक्टिभ छ भनेर सुनिश्चित गर्नैपर्छ ।
6. नि:शुल्क अनलिमिटेड डाटा अन्य U Mobile सब्सक्राइबरहरूलाई ट्रान्सफर गर्न मिल्दैन ।
7. तपाईंले एप एण्ड वेबको सामग्रीहरूमा पहुँच बनाउँदा तपाईंको नि:शुल्क अनलिमिटेड डाटाको मात्रै प्रयोग होस् भन्नेमा हामीले प्रयत्न गर्ने छौं । यद्यपि, तपाईंले एप एण्ड वेब चलाएको भए तापनि कुनै बेला भुलवश नि:शुल्क अनलिमिटेड डाटाको सट्टामा तपाईंको डाटा कोटाको प्रयोग भएको हुनसक्छ । यस्तो तेस्रो पक्षद्वारा नमिलेको कन्फिगुरेशन वा गलत IP एड्रेस ह्वाइटलिस्टिङ गर्ने वा हामीलाई हाम्रो सिस्टम अपडेट गर्न पर्याप्त सूचना नदिइकन एप एण्ड वेब प्रदायकले उनीहरूको IP एड्रेसहरू र URL परिवर्तन वा अपडेट गर्ने जस्ता प्राविधिक कुराहरू लगायतका अरू थुप्रै कारणहरूले गर्दा हुन सक्छ । यस्तो हुन सक्ने सम्भावनालाई तपाईंले बुझ्नुहुन्छ र यसका लागि हामीलाई जिम्मेवार ठहराउनुहुन्न भनेर स्वीकार गर्नुहुन्छ ।
8. U Mobile सँग एप एण्ड वेबमाथि र एप तथा वेबको सामग्रीको प्रावधानमाथि कुनै नियन्त्रण छैन भन्ने कुरा तपाईंले स्वीकार गर्नुहुन्छ । U Mobile ले एप एण्ड वेबको लोकप्रियता, सटिकता, प्रमाणीकता, उपलब्धता वा सुरक्षाको वारन्टी र खासगरी ग्यारेन्टी दिँदैन र हामी सबै दायित्वलाई अस्विकार गर्छौं ।
9. U Mobile ले सामान्यत: एप एण्ड वेब सामग्रीको अनुगमन गर्दैन र यसलाई यस्तो गर्नुपर्ने आवश्यकता पर्दैन भन्ने कुरा तपाईं स्वीकार गर्नुहुन्छ । यसको बावजुद, प्रचलित कानुन तथा नियमावलीहरूको उल्लंघनलाई रोक्न आवश्यक छ भन्ने कुरा हामीले महसुस गरेमा, प्राविधिक रुपमा मिल्ने भएमा कुनै पनि बेला एप एण्ड वेबको कुनै पनि सामग्रीसम्मको पहुँचलाई निषेध गर्ने अधिकार हामीसँग सुरक्षित छ ।
नि:शुल्क बेसिक इन्टरनेट
1. प्लान एक्टिभेसन गरेपछि नि:शुल्क बेसिक इन्टरनेटसहित आउँछ ।
2. तपाईंको एकाउन्ट एक्टिभ रहँदासम्म तपाईंले नि:शुल्क बेसिक इन्टरनेटको मजा लिनुहुनेछ । यद्यपि, यदि तपाईंको एकाउन्ट एक्टिभ छैन भने तपाईंको एकाउन्ट एक्टिभ अवस्थामा परिवर्तन नहुँदासम्मका लागि नि:शुल्क बेसिक इन्टरनेट निलम्बन हुनेछ ।
3. नि:शुल्क बेसिक इन्टरनेट 64 kbps को सीमित इन्टरनेट स्पिड र मासिक 1 GB सम्मको हुन्छ ।
4. नि:शुल्क बेसिक इन्टरनेट कोटा महिनाको 1 तारिखमा रिसेट हुनेछ र नयाँ इन्टरनेट कोटा तपाईंको एकाउन्टमा जम्मा हुनेछ ।
संस्करण मिति: 23 जुलाई 2019
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}